र्सबप्रथम त यस मेचीसमाचारको तर्फबाट यहाँहरुमा हार्दिक स्वागत सहित आजको यो सुनौलो बिहानी सँग सँगै हाम्रो नेपाल र हामी नेपालीहरुले ति अतितका ति काला र डर लाग्दा दिनहरुलाई पार गर्दै सुनौलो भबिष्यको लहर मार्फ थोरैमात्र भएपनि उक्लन सफल भएको छौ र पुरा बिश्वास साथ म यही प्राथना गर्दछु कि आगमी दिनहरुमा फेरीपनि यस्तोखालको ति पहिलेका काला दिनहरु नदोहोरियोस् भनेर तिनै पशुपतीनाथ मन्दिर सँग हरपल प्राथना गरी रहने छु र हामी सबै नेपालीहरुले गरौ, अन्त्यमा नयाँ नेपाललाई लाई सफलताको कामना दिन चाहान्छु ......(सागर झै शान्ता रहुन सबै नेपाली आमाका प्यारा छोराछोरीहरु अनि बिशाल रहोस आफ्नी आमा प्रति सबैका बिश्वास र भावना फलोस फुलोस प्रतेक नेपाली आमाका प्यारा छोरा छोरीहरुका हर इच्छा र चाहाना यही छ मेरो तर्फबाट सबैलाईलाई नयाँ नेपालको शुभ कामना....) धन्यबाद।

मेचीसमाचार,November 8, 2006

नेपाल नयाँ युगमा प्रबेश

सातदल र नेकपा (माओवादी)का शीर्ष नेताहरूको बैठकका निर्णयहरु
नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटकपटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलनमार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति र २५ बुँदे आचारसंहितालगायत नेपाल सरकार र नेकपा माओवादीबीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिबद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने संकल्प गर्दै, प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यताप्रतिको पूर्ण प्रतिबद्धतालाई दोहोर्याउँदै, नेपाली जनताको भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकार प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने दुवै पक्षको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आज मिति २०६३ साल कात्तिक २३ गते सात दल र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठकबाट निम्नलिखित निर्णयहरू भएका छन्।

विगतका सहमतिहरूको कार्यान्वयन सम्बन्धमा

१) विगतमा गरिएका सबै समझदारी, सहमति र आचारसंहितालाई पूर्णरूपले, इमान्दारितापर्ूवक र कडाइका साथ कार्यान्वयन गर्ने गराउने,
२) विगतमा राज्य र माओवादी दुवै पक्षबाट बेपत्ता पारिएका भनिएका नागरिकहरूको सम्बन्धमा छानबिन गरी स्थिति र्सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने।
३) कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने कार्यलाई तीब्रता दिने। विस्थापितहरू घर फर्किने वातावरणको सुनिश्चितता गर्ने। यस निम्ति जिल्ला(जिल्लामा दुवै पक्षसम्मिलित समिति गठन गर्ने। यी सबै कार्यलाई एक महिनाभित्र पूर्णता दिने।
४) राज्य र नेकपा माओवादीद्वारा राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका सबै आरोप र अभियोगहरू फिर्ता भएको र्सार्वजनिक घोषणा गर्ने र दुवैतर्फा राजनीतिक बन्दीहरूलाई तुरुन्त रिहा गर्ने।
सेना र हतियार व्यवस्थापन सम्बन्धमा
संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रीकरण तथा पुनर्संरचना गर्न विगतमा भएका बाह्रबुँदे समझदारी, आठबुँदे सहमति, २५ बुँदे आचारसंहिता र संयुक्त राष्ट्रसंघलाई पठाइएको पाँचबुँदे पत्रको भावनाअनुरूप निम्न कामहरू गर्ने(
माओवादी सेनाको सम्बन्धमाः
१. २०६३ साल साउन २४ गते नेपाल सरकार र नेकपा माओवादीको तर्फाट संयुक्त राष्ट्रसंघलाई पठाइएको पत्रमा व्यक्त प्रतिबद्धताअनुसार माओवादी सेनाका लडाकुहरू ( Combatants निम्नलिखित स्थानहरूमा अस्थायी शिविरहरू Cantonments मा सीमित रहने। संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने।
मुख्य शिविरहरू निम्न स्थानहरूमा रहनेछन्
१. कैलाली, २. सुर्खेत, ३, रोल्पा, ४. पाल्पा, ५. काभ्रे, ६. सिन्धुली र ७. इलाम
मुख्य शिविरहरू वरिपरि ३/३ वटाका दरले सहायक शिविरहरू रहनेछन्।
२. माओवादी सेनाका लडाकुहरू शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठाबाहेक अन्य सबै हतियारहरू शिविरभित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने। सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीका लागि उसको रर्कर्ड, साइरनसहितको संयन्त्र (म्भखष्अभ) सम्मिलित गर्ने। भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाँच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने। क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेकपा माओवादी र नेपाल सरकारका सहमतिले तयार गर्ने।
३. माओवादी सेनाका लडाकुहरू अस्थायी शिविरमा बसिसकेपछि उनीहरूको रसद पानीलगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने
४. माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनर्स्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने।
५. माओवादी नेताहरूको सुरक्षा सरकारसँगको सहमतिले गर्ने।
नेपाली सेनाको सम्बन्धमा
६. संयुक्त राष्ट्रसंघलाई प्रेषित पत्रमा व्यक्त प्रतिबद्धताअनुसार नेपाली सेना ब्यारेकभित्र सीमित रहने। उसका हतियारहरू कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने। माओवादी सेनाका तर्फाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आङ्खना हतियारहरू सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चाबी सम्बन्धित पक्षले नै राख्ने। सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीको लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र Device सम्मिलित गर्ने। भण्डारण गरिएका हातहतियारहरूको आवश्यक जाँच गर्नुपर्दा संयुक्त राष्ट्रसंघले सम्बन्धित पक्षको रोहवरमा गर्ने। क्यामरा अनुगमनलगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्रसंघ, नेपाल सरकार र नेकपा माओवादीको सहमतिले तयार गर्ने।
७. नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नयाँ सैनिक ऐनबमोजिम मन्त्रिपरिषद्ले गर्ने। अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समितिसमेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रीकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने। यसअर्न्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेश चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्नेलगायतका कामहरू गर्ने।
८. नेपाली सेनाले गर्दै आएका सीमा सुरक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोनटावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरूको सुरक्षालगायतका कामहरूलाई निरन्तरता दिने।
अन्तरिम संविधानका विषयवस्तुबारे
१. अन्तरिम संविधानबारे
(क) अन्तरिम संविधान मस्यौदा समितिद्वारा प्रस्तुत अन्तरिम संविधानलाई आज भएका सहमतिका आधारमा पूर्णता दिने।
(ख) पुनर्स्थापित प्रतिनिधिसभाद्वारा अन्तरिम संविधान जारी गरिनेछ र नवगठित अन्तरिम विधायिकाले उक्त संविधानलाई अनुमोदन गर्नेछ।
२. राजतन्त्रबारे
(क) मुलुकको शासन व्यवस्थासम्बन्धी कुनैपनि अधिकार राजामा रहने छैन।
(ख) स्वर्गीय राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्र हितमा प्रयोग गर्ने।
(ग) राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्तिहरू (जस्तैः विभिन्न स्थानका दरबारहरू, वन तथा निकुञ्जहरू, ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाहरू आदि) राष्ट्रियकरण गर्ने।
(घ) राजसंस्था कायम राख्ने वा नराख्नेबारे संविधानसभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने।
३. अन्तरिम व्यवस्थापिका (संसद)बारे
(क) अन्तरिम व्यवस्थापिका निम्नप्रकार एक सदनात्मक संसद् हुनेछः
(१) सात राजनीतिक दल र अन्य दलका हाल प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सदस्यहरूसमेत गरी २०९ जना (जनआन्दोनलको विपक्षमा रहेकाहरू बाहेक)। संयुक्त वाम मोर्चाको वर्तमान संसद्मा प्रतिनिधि नभएको हुँदा सहमतिका आधारमा मनोनयन गरिने।
(२) नेकपा माओवादीको तर्फबाट ७३ जना
(३) जनवर्गीय तथा पेसागत संगठन, उत्पीडित जाति तथा क्षेत्रका प्रतिनिधिहरू र राजनीतिक व्यक्तित्वहरूबाट ४८ जना (सहमतिको आधारमा मनोनीत गर्ने)
कुल संख्या - ३३०
तर जनआन्दोलनको विपक्षमा रहेकाहरू अन्तरिम व्यवस्थापिकामा रहने छैनन्।
(ख) अन्तरिम व्यवस्थापिकाको गठन भएपश्चात पुनर्स्थापित प्रतिनिधिसभा र राष्ट्रियसभा भंग हुने।
(ग) अन्तरिम व्यवस्थापिका संसद् गठन भएको दिनदेखि नेकपा माओवादीको नेतृत्वमा रहँदै आएका जनसरकार, जनअदालतलगायतका सत्तासम्बद्ध सबै निकाय भंग हुने।
(घ) अन्तरिम व्यवस्थापिका राजनीतिक सहमतिको आधारमा सञ्चालन गर्ने।
४. अन्तरिम सरकारबारे
(क) सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने।
(ख) अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन आपसी सहमतिबाट तय हुने।
(ग) अन्तरिम सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृतिअनुरूप गर्ने।
५. न्यायपालिकाबारे
(क) स्वतन्त्र न्यायपालिकाको अवधारण र मूल्य मान्यतालाई अनुसरण गर्ने।
(ख) न्यापालिकालाई जनआन्दोलनको भावना, लोकतन्त्र, र अन्तरिम संविधानप्रति प्रतिबद्ध बनाउने।
(ग) संविधानसभासम्बन्धी विवादहरूको निरूपण गर्न संवैधानिक अदालतको गठन गर्ने।
६. संवैधानिक अंगबारे
(क) प्रधानमन्त्री, प्रधानन्यायाधीश, र अन्तरिम व्यवस्थापिकाका सभामुखसहितको नयाँ संवैधानिक परिषद्को व्यवस्था गरेर यसमार्फ संवैधानिक अगंहरूको नियुक्तिलगायतका विषयहरूमा सिफारिस गर्ने व्यवस्था मिलाउने। नियुक्तिहरू गर्दा निश्चित मापदण्डलाई आधार बनाउने।
(ख) सहमतिको आधारमा निर्वाचन आयोगलाई पूर्णता दिने।
७. स्थानीय निकायबारे
(क) सातदल र नेकपा माओवादीको सहमतिले जिल्ला, नगर र गाउँस्तरमा अन्तरिम स्थानीय निकाय गठन गर्ने।
८. नागरिकता समस्या सम्बन्धमा
(क) संविधानसभाको निर्वाचनअगावै नागरिकताबाट वञ्चित सबै नेपाली नागरिकहरूलाई नागरिकताको प्रमाणपत्र वितरण गर्ने।
(ख) २०४६ साल चैत मसान्तलाई आधार वर्षमानी त्यसभन्दा अगाडि नेपालमा जन्म भई निरन्तर स्थायी बसोबास गर्दै आएका सबै नेपाली नागरिकहरूलाई सरल ढंगले नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गर्ने।
(ग) नागरिकता प्राप्तिसम्बन्धी अन्य व्यवस्था कानुनमा उल्लेख भएबमोजिम हुने।
९. संविधानसभा निर्वाचन सम्बन्धमा
(क) आगामी २०६४ जेठभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्नेगरी मिति तय गर्न अन्तरिम मन्त्रिपरिषद्लाई अधिकार प्रदान गर्ने।
(ख) संविधानसभाको निर्वाचन मिश्रति प्रणालीको आधारमा गर्ने। २०५ सदस्य उम्मेदवारलाई मत दिने ‘पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार’ (First past the post) र २०४ सदस्य पार्टीलाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुने। यस सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेर कानुन बनाउने।
(ग) दलहरूले उम्मेदवारहरू सूचीकृत गर्दा उत्पीडित जाति, क्षेत्र, मधेसी, महिला, दलितलगायत अन्य वर्गसमेतको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने।
(घ) राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा अन्तरिम मन्त्रिपरिषदबाट मनोनीत हुने १६ जना।
(ड) संविधानसभाको कुल संख्या चार सय २५ कायम गर्ने।
(च) अन्तरिम संविधान जारी हुँदाका बखत १८ वर्षउमेर पुगेका नेपाली नागरिक मतदाता हुने ।
(छ) संविधानसभाको निर्वाचनको अनुगमन संयुक्त राष्ट्रसंघद्वारा गराउने।
१०. राज्यको ढाँचाबारे
(क) वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावको अन्त्य गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने।
(ख) राज्यको पुनर्संरचनाका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गर्ने।
(ग) राज्यको पुनर्संरचनाको अन्तिम टुंगो संविधानसभाले लगाउने।
११. आर्थिक-सामाजिक रूपान्तरणबारे निर्देशक सिद्धान्तहरू
(क) सामन्तवादका सबै रूपहरूको अन्त्य गर्ने आर्थिक(सामाजिक रूपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै लाने।
(ख) सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति तय गर्ने।
(ग) राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र पर्रवर्द्धन गर्ने नीति अनुसरण गर्ने।
(घ) शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सबै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने।
(ङ) सुकुम्बासी, कमैया, हलिया, हरवाचरवालगायतका आर्थिक-सामाजिकरूपले पछाडि परेका वर्गलाई जग्गालगायत आर्थिक-सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने।
(च) सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरूउपर कडा कारबाही गरी दण्डित गर्ने नीति लिने।
(छ) देशको आर्थिक(सामाजिक रूपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिकरूपले समृद्धशाली बनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने।
(ज) श्रमिकका पेसागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात प्रवर्द्धन आदिको लागि लगानी वृद्धि गरी रोजगारी एवं आयआर्जनका अवसरहरूको व्यापक वृद्धि गर्ने नीति अनुसरण गर्ने। द्वन्द्वपीडितहरूको व्यवस्थापन सम्बन्धमा
१. सशस्त्र द्वन्द्वको क्रममा मारिएकाहरूको परिवारलाई तथा यसक्रममा घाइते भई अपांग र अशक्त भएकाहरूलाई उचित राहत सम्मान तथा पुनर्स्थापनाको व्यवस्था गर्ने।
२. छानबिन आयोगको प्रतिवेदनको आधारमा बेपत्ता भएकाहरूको पीडित परिवारलाई राहत उपलब्ध गराउने।
३. सशस्त्र द्वन्द्वको क्रममा विस्थापितहरूको पुनर्स्थापना गर्न, नष्ट भएका निजी तथा र्सार्वजनिक सम्पत्तिहरूको हकमा राहत प्रदान गर्न तथा ध्वस्त संरचनाहरूको पुनर्निर्माण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
४. सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य तथ्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गर्ने।
विविध
१. सबै सहमति र सम्झौताहरूको कार्यान्वयन भए नभएको अनुगमन गर्न सहमतिले एक उच्चस्तरीय संयुक्त अनुगमन समिति गठन गर्ने।
२. आचारसंहिता, समझदारी-सहमति, सम्झौता तथा कानुनविपरीतका गतिविधि एवं कामकारबाही गर्ने जो कसैलाई पनि सरकारले कारबाही गरी दण्डित गर्नेछ।
३. गणतन्त्र, आर्थिक-सामाजिक रूपान्तरण, जनमतसंग्रह, निर्वाचन प्रणालीलगायतका अहिले साझा सहमति कायम हुन नसकेका विषयहरूमा पार्टी संविधानसभाको निर्वाचनको क्रममा आ(आपना नीति र मतअनुसार प्रस्तुत हुन स्वतन्त्र हुनेछन्।
समय तालिका
१. नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता २०६३ कात्तिक ३० गतेसम्म गर्ने।
२. उल्लेखित १ बमोजिम २०६३ मंसिर ५ गतेभित्र माओवादी सेनाका लडाकुहरू हातहतियारसहित निर्धारित शिविरमा जम्मा (Confine) भइसक्ने र हतियार भण्डारण गर्ने। संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने।
३. उल्लेखित ५ बमोजिम २०६३ मंसिर ५ गतेभित्र नेपाली सेना ब्यारेकभित्र सीमित रहने, निर्धारित हातहतियार भण्डारण गर्ने र त्यसको अनुगमन संयुक्त राष्ट्रसंघले गर्ने।
४. २०६३ मंसिर ५ गतेभित्र अन्तरिम संविधानलाई पूर्णता दिने।
५. २०६३ मंसिर १० गतेभित्र अन्तरिम संविधान जारी गर्ने, अन्तरिम व्यवस्थापिकाको गठन गर्ने र प्रतिनिधिसभा र राष्ट्रियसभाको विघटन गर्ने।
६. २०६३ मंसिर १५ सम्म अन्तरिम मन्त्रिपरिषद्को गठन गर्ने।
अन्ततः नेपालीहरुले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको समाचार ढिलै र मध्यरातमा भए पनि आएको छ। बालुवाटारमा भइरहेको सात दल र माअ‍ोवादीको वार्तामा सहमति भएको खबर छ। सहमति जुट्न बाँकी ५ बूँदाहरुमा पनि लामो छलफलपश्चात् सहमति भएपछि १५ बूँदे सहमतिमा आठै दलका नेताहरुले हस्ताक्षर राति अबेर भए पनि हस्ताक्षर गरेको खबर छ। राति अबेरसम्म भए पनि बसेर आजै निर्णयमा पुग्छौं भनेर नेताहरुले बिहान भनेको कुरा अब बल्ल सत्य भएको छ। सहमतिका बूँदाहरु भित्र छन्।
विस्तृत विवरण आउन बाँकी छ। तर सर्सती आएका विवरण यस प्रकार छ- - कात्तिक ३० गते अर्थात् नोभेम्बर १६ सम्ममा सरकार र विद्रोही माअ‍ोवादीबीच शान्ति सम्झौता हुनेछ।
-मंसिर ५ गते अर्थात् नोभेम्बर २१ मंगलबारदेखि दुवै सेनाको सुपरिवेक्षण सुरु हुनेछ। अर्थात् नेपाली सेना र माअ‍ोवादी सेना यो मितिभित्र निश्चित क्याम्पमा बस्नेछन्। माअ‍ोवादी सेनाका लागि ७ डिभिजन र २१ बिग्रेड कायम गरिएको छ।
-मंसिर १५ गते अर्थात् डिसेम्बर १ तारिखभित्र अन्तरिम संविधान लागू हुनेछ।
- मंसिर १५ गते अर्थात् डिसेम्बर १ तारिखमा माअ‍ोवादीसहितको अन्तरिम सरकार गठन हुनेछ। (भागवण्डाको कुरा जानकारी दिइएको छैन) -राजाको घोषणाले पुनर्जीवित भएको वर्तमान संसद अर्थात् प्रतिनिधि सभा र राष्ट्रिय सभा समेत विघटन गरी माअ‍ोवादीसहितको अन्तरिम संसद बनाइनेछ। अन्तरिम संसदलाई अन्तरिम व्यवस्थापिका नाम दिइएको छ।
यसमा 330 सदस्य हुनेछन्। संसद नाम नराख्न माअ‍ोवादीले अडान राखेको थियो। भागवण्डा यसप्रकार मिलाइएको छ-
नेपाली काँग्रेस ७५
एमाले ७३
माअ‍ोवादी ७३
प्रजातान्त्रिक काँग्रेस ४२
बाँकी दल ४८
[एमाले अन्तिम समयसम्म माअ‍ोवादीभन्दा एक सिट मात्र भए पनि बढी पाउनु पर्ने अडान राखेको थियो। तर जनमत संग्रह लगायतका अन्य मागहरुमा फेल खाए जस्तै यो माग पनि एमालेको पूरा हुन सकेन। योसँगै १० वर्षभन्दा बढी सशस्त्र विद्रोह गरेको पार्टी नेकपा माअ‍ोवादी अ‍ौपचारिक रुपमा राजनीतिक मूलधारमा आएको छ। ]
- अन्तरिम संविधानसम्बन्धी केही बाधा अडचन आएमा संवैधानिक अदालतले त्यसको निराकरण गर्नेछ। संवैधानिक अदालत गठन गर्ने पनि सहमति भएको छ।
- संविधान सभाको निर्वाचन मिश्रित प्रणालीमा हुनेछ। (यो काँग्रेसको अवधारणा हो। माअ‍ोवादी र एमालेले सुरुदेखि मिश्रित प्रणाली हुनुपर्ने माग राखेका थिए। पछि प्रम र प्रचण्डको वार्तामा माअ‍ोवादी मिश्रितमा जान राजी भएको थियो)
-संविधान सभाको लागि मतदान गर्न पाउने उमेर १८ वर्षको हुनेछ। (लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रचार गर्न थाले भयो अब। यसअघि १६ वर्ष गर्ने कि भन्ने बारेमा लामो छलफल भएको थियो) - राजाको विषयमा संविधान सभाको पहिलो बैठकको सामान्य बहुमतले निर्णय गर्नेछ।
-राजाका हैसियतले राजाको सम्पतिका रुपमा रहेका जस्तै निकुञ्ज,ऐतिहासिक र पुरातात्विक दरबारको राष्ट्रियकरण हुनेछ। वीरेन्द्र र जेठ १९ मा मारिएका सबै राजपरिवारका सदस्यहरुको सम्पतिको ट्रस्ट बनाई राष्ट्रहितमा लगाइनेछ।
-अन्तरिम सरकार बनेपछि जनसरकार र जनसत्ता भंग हुनेछन्। सहमतिमा एमालेले तलको ब्लग पोस्टमा भनिए जस्तो जनमत संग्रह र समानुपातिक प्रणालीमा संविधान सभाको निर्वाचन हुनुपर्ने भनी फरक मत राखेको पनि उल्लेख गरिएको छ।

मेचीसमाचार,November 4, 2006

अनौपचारिक वार्ता जारी, सम्झौताको मस्यौदा तयार

बृहत् शान्तिसम्झौता र स्थायी युद्धविराम हुने काठमाडौं । सात राजनीतिक दलको गठबन्धन र माओवादी व्रि्रोहीबीच आज हुने भनिएको अन्तिम शिखर वार्ताको मिति केही पर सरेको समाचार छ । बालुवाटार निकट स्रोतका अनुसार केही दिनभित्रै सम्पन्न गरिने सो वार्ताको मिति आज तय गरिनेछ । त्यसका निम्ति आज माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार जाने कार्यक्रम छ । कोइराला र प्रचण्डबीच आज बालुवाटारमा एक चरण अनौपचारिक शिखर वार्ता हुने भएको छ । उक्त बैठकले शिखर बैठकको मिति भोलि या पर्सिलाई तोक्ने समाचारस्रोतले खोजतलासलाई बतायो । स्रोतका अनुसार शिखर वार्ताकै दिन बृहत् स्थायी शान्तिसम्झौतामा समेत दुइ पक्षबीच हस्ताक्षर गर्ने आन्तरिक सहमति भएको र त्यसका निम्ति गृहकार्य अपुग भएकाले आज बस्ने भनिएको शिखर वार्ता केही पर सरेको हो । यसअघि आजै सात दलको गठबन्धन सरकारका तीन घटकबीच वार्ता हुने भएको छ । एमाले महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा हुने उक्त वार्तामा एमालेका तर्फाट महासचिव नेपालसहित केही नेता, कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवासहित केही नेता तथा कांग्रेसका अर्जुननरसिंह केसी र शेखर कोइराला सहभागी हुने स्रोतले जनाएको छ । उक्त वार्तापछि शिखर वार्ताको मितिबारे आजै माओवादीसँग छलफल गरिने सात राजनीतिक दलको गठबन्धन र माओवादी निर्देशनमा उच्चस्तरीय शान्ति समितिले स्थायी शान्तिसम्झौताको मस्यौदा युद्धस्तरमा तयार गरिरहेको छ । शान्ति सचिवालयमा भइरहेको सो सम्बन्धी गृहकार्यबारे शान्ति समितिका अध्यक्ष एवम् नेका महामन्त्री रामचन्द्र पौडेलले शान्तिसम्झौताको मस्यौदा तयार भएको जानकारी दिनुभएको छ । त्यसलाई अन्तिम रुप दिन शान्ति समितिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र अन्य दलका  शिर्ष नेतासँग छलफल गरी सुझाव लिने बताइएको छ । सम्भवतः सो कार्य आजै हुनेछ । मानवअधिकार, युद्धविराम र शान्ति तीनै किसिमका एजेन्डामा दुइ पक्षबीच बृहत् शान्तिसम्झौता भएपछि दुवै पक्षले स्थायी युद्धविरामसमेत घोषणा गर्ने बताइएको छ । माओवादीले हालै मात्र थप तीन महिनाका लागि युद्धविराम अवधि लामो बनाएको पर्रि्रेक्ष्यमा स्थायी शान्ति सम्झौतापछि जनतामा शान्तिको वास्तविक अनुभूति हुने विश्व्स शान्ति समितिले गरेको छ । शान्ति सम्झौता भएपछि संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन कार्यसमेत छरितो हुनेछ । स्मरणीय छ, सरकार र माओवादी दुवै पक्षलाई यूएनले पटकपटक स्थायी शान्ति, युद्धविराम र मानवअधिकार सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ । यता, शिखर वार्ताले टुंगो लगाउन बाँकी रहेको भनिएको हतियार व्यवस्थापनको प्रक्रियाबारे हिजो दुइ पक्षबीच गम्भीर वार्ता भएको समाचार छ । उक्त वार्तामा माओवादीका हतियार भण्डारको साँचो माओवादीसँग मात्रै रहने तर त्यहाँ प्रभावकारी अर्लामको व्यवस्था गरी अनुगमनलाई तन्दुरुस्त पार्ने सवालमा सहमतिनजिक पुगिएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डले हतियार सिंगल लकअप गर्ने तर साँचो भने आफूसँग मात्रै राख्ने प्रस्ताव गरेपछि सोही प्रस्तावलाई दुवै पक्षको विश्वासका लागि अर्लाम वा साइरनको व्यवस्था गर्ने कुरा उठेको हो । भारत र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनसँग भएका छलफलका आधारमा हतियार व्यवस्थापनका विभिन्न मोडलमा छलफल भएको हिजोको वार्तापछि माओवादी अध्यक्ष प्रचण्डले ढुक्कसाथ भन्नुभयो, ‘हतियार व्यवस्थापन हुन्छ, यसमा सहमति भइसक्यो, खालि कसरी गर्ने भन्ने विषयमा विभिन्न तरिकाबारे छलफल भएको छ, एउटा सहमति निश्चित छ

मेचीसमाचार,October 24, 2006

अवैध पटाका भित्रियो, ध्वनि प्रदूषित, फूलको अभाव

काठमाडौं । दस वर्षछि राजधानी तिहारको रौनकले अत्यधिक गुलजार भएको छ । माओवादी व्रि्रोहका कारण अघिल्ला तिहारहरु त्यति धेरै खुलेका थिएनन् । यस वर्षमाओवादी व्रि्रोही शान्तिवार्ताका लागि युद्धविराम गरी जंगलक्षेत्रबाट सहरक्षेत्र पसेकाले अकस्मात् तिहारको रौनक पनि फेरिएको हो । अघिल्ला वर्षरुमा भन्दा बढी देउसेभैलो खेलिएको छ भने दान दिनेले पनि दिल खोलेर दिएका छन् । ‘हुनेका लागि दसैँतिहार’ भनेझैँ हुनेखानेले बिना डरत्रास तिहार दिल खोलेर मनाइरहेको पाइएको छ । अघिल्लो तिहारमा भन्दा बढी झिलिमिली र अतासबाजी, पटाकाबाजीले राजधानी उपत्यकालाई निकै रमझमपर् बनाएको छ । गृहमन्त्रालयले तिहारको संघारमा सदाझैँ सूचना प्रकाशित गरी पटाका भित्राउन र पड्काउन प्रतिबन्ध लगाए पनि यस वर्षदस वर्षछि सबैभन्दा बढी पटाका, बम र अन्य उत्सवबाजी सामग्री भित्रेको पाइएको छ । प्रहरीले नाकाहरु कडा गरेको बताए पनि खुलमखुला अन्य सामानका साथ यस्ता सामान भित्रिएको देखिन्छ भने बिक्रीवितरण त चुरोटजस्तै सामान्य देखिएको छ । अझ खुला भारतीय सीमाको उपयोग पनि अत्यधिक भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार थानकोट र दरबार मार्ग प्रहरीले बिक्री गरिरहेको अवस्थामा चार बोरा पटाका बरामद गरी नष्ट गरेका छन् तर दसौँ बोरा पटाका काठमाडौँका हरेक वडामा दिनहुँ बिक्री भइरहेका छन् । तिहारको आज चौथो दिन बिहान नेपालीका घरघरमा गाईको पूजा गरी मनाइएको छ भने भोलि गोर्वद्धनपूजा गरिँदैछ । पर्सि भाइटीकाको जोरजाममा दिदीबहिनी माइततिर लाग्ने क्रम सुरु भइसकेको छ । अघिल्ला वर्षरुमा भन्दा यस वर्षफूलको खपत बढेको र उत्पादन घटेकोले राजधानीमा यसको अभाव देखिएको छ भने कागजका फूल अत्यधिक बिक्री भएका छन् । सैँतीस लुटेरा माओवादी कब्जामा काठमाडौं । माओवादीले राजधानीका खुंखार डनहरुसहित अनेक बहानामा लुटपाटमा संलग्न रहेको आरोपमा सैँतीसजनालाई कब्जामा राखेको खुलेको छ । उसले हिजो पत्रकार सम्मेलन गरी उनीहरुलाई र्सार्वजनिक गर्‍यो । पक्राउ पर्नेहरुमाथि अनुसन्धान सुरु भएको उसले जनायो । अनुसन्धानपछि प्रहरीलाई सप्रमाण बुझाउने माओवादी योजना रहेको बताइएको छ । तर माओवादीले उनीहरुसँग पैसा असुलेर छाड्ने खतरा रहेको प्रहरीस्रोतले बताएको छ । प्रहरीले पक्राउ परेकाहरु आफ्नो पनि पक्राउ नजरमा रहेको र अन्डरग्राउन्ड रहेकोले पक्राउ नपरेको जनाउँदै माओवादीले सप्रमाण उनीहरुलाई प्रहरीमा बुझाउन आग्रह गर्दै कारबाहीको आश्वासन दिएको छ । जिल्ला प्रहरी कार्यालय, काठमाडौका एसपी ढकबहादुर कार्कीले कब्जागिरी गैरकानुनी रहेको बताउँदै उनीहरुलाई सप्रमाण प्रहरीमा बुझाउन आग्रह गर्नुभएको छ । पक्राउ पर्नेमा चर्चित डन मिलन चक्रे र उसका दर्जनबढी सहयोगी, दीपक मनाङेका केही सहयोगी र अन्य लुटपाट र हप्तेमहिने, उठतीपुठतीमा संलग्न रहेको बताइएको छ । माओवादीले कब्जामा लिएकामध्ये ३३ लाई छाडेको बताइएको छ । छाडेकाहरुमध्ये केहीले सुध्रेर आउने बताएको माओवादी विशेष केन्द्रीय कमान्डकी सहइन्चार्ज हिसिला यमिले बताएकी छन् । उनका अनुसार केहीलाई राजनीतिक दलले आफ्ना कार्यकर्ता भन्दै जिम्मा लिएका छन् । छाडिएकाहरु माओवादीको कडा निगरानीमा रहने बताइएको छ । माओवादीको नेवाः मुक्ति मोर्चाका अध्यक्ष प्रभाकिरण उर्फपवनमान श्रेष्ठले अपराध अप्रेसनअर्न्तर्गत उनीहरुलाई जनताको सहयोगमा नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

मेचीसमाचार,October 19, 2006

माओवादी मुलाहिजाको पराकाष्ठा

  बिद्रोही माओवादीले आफ्नो राजनीतिक प्रचारप्रसारको केन्द्र एवम् सैनिक अभ्यासस्थलका रुपमा विद्यालय, सामाजिक भवन एवम् र्सार्वजनिक हैसियतका अन्य स्रोतसाधन दुरुपयोग गरेको प्रकाशमा आइरहेका हुन् । तर माओवादी अतिवादी चिन्तनका कारण उनीहरूले आफ्नो हितका निम्ति र्सवसाधारण जनतालाई अति आवश्यक सेवाका क्षेत्रमा समेत आफ्ना गतिविधि सञ्चालन गरेर हैरान पार्न थालेको प्रकाशमा आएको छ । जसले उनीहरूको सक्कली रुपलाई र्सार्वजनिक मात्र गरेको छैन, चरित्र बद्नामसमेत गरेको छ । र्सार्वजनिक विद्यालय हुँदै अब माओवादी अस्पतालमा समेत आफ्ना ब्यारेक खोलेर सैनिक गतिविधि  पर्रदर्शन गर्न थालेको प्रकाशमा आएको छ । माओवादीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बहिरंग सेवा सञ्चालन गर्न दिइएको धरान छाताचोकस्थित भवनलाई माओवादीले युनिफाइड कमान्डको सर्म्पर्क केन्द्र स्थापना गरेको समाचार र्सार्वजनिक भएको छ । यो माओवादी मुलाहिजाको पराकाष्ठा हो । आफ्नो हैसियत र औकात बिर्सेर माओवादीले जनता प्रत्यक्ष प्रभावित हुनेगरी यसरी अति आवश्यक सेवाका क्षेत्रमा सैन्य गतिविधि सञ्चालन गर्नुलाई उसको सैद्धान्तिक विचलन र अराजनीतिक कार्यबाहेक अरु केही मान्न सकिन्न । माओवादीले बेसक्याम्प खडा गरेको उक्त भवनसँगै प्रसूतिगृह रहेको छ, जहाँ १५ अपांग बसेको र अर्को भवनमा क्षयरोग निवारण केन्द्रको डट्स क्लिनिक सञ्चालन भइरहेको छ । अस्पताल सञ्चालनको तयारीको सिलसिला रहेको उक्त भवनमा माओवादीले सैन्य अखडा जमाउँदा बिरामीमाथि कस्तो असर पर्ला, अनुमान गर्न सकिन्न ।तर्सथ, माओवादीले जारी वार्ताको संवेदनशीलतालाई समेत शिरोधार्य गरी माआवादीले बिरामीजस्तो अति संवेदनशील जनतामा आतंकको वातावरण सिर्जना गर्ने काम तत्काल रोक्नर्पर्दछ । जनपक्षीय माओवादीले जनविरोधी काम गरेको पटक्कै सुहाएको महसुस हुँदैन ।

तर्राई बेग्लै राज्य माग्दै सशस्त्र बिद्रोह

  सप्तरीमा सशस्त्र भिडन्त, तीनको मृत्यु, दर्जन घाइते काठमाडौं । राज्यसँग युद्धविराम गरेको नेकपा -माओवादी) र जनतान्त्रिक तर्राई मुक्तिमोर्चाबीच बुधबार दिउँसो सप्तरीमा दोहोरो शक्तिशाली भिडन्त भएको समाचार छ । प्राप्त खबरअनुसार जिल्लाको रम्पुरामल्हानिया गाविसको डलवाटोलमा भएको उक्त भिडन्तमा मोर्चाका दुइ तथा माओवादीका एक कार्यकर्ताको मृत्यु भएको बताइएको छ । माओवादीले गाउँगाउँमा सञ्चालन गरिरहेको गणतान्त्रिक अभियान लिएर डलवा पुगेका माओवादी कार्यकर्तामाथि मोर्चाका कार्यकर्ताले आक्रमण गरेका थिए । राति अबेरसम्म दोहोरो गोली हानाहानको आवाज सुनिएको हुँदा भिडन्तमा थप क्षति भएको अनुमान गरिएको छ । तर, मोर्चा र माओवादी दुवैले आफ्नातर्फमानवीय क्षति नभएको, विपक्षीतर्फमात्र क्षति पुर्‍याएको दाबी गरिरहेका छन् । भिडन्तमा करिब एक दर्जन घाइते भएको जनाइएको छ । मोर्चाले नाम नखुलेका पहाडीमूलका एक माओवादी आफ्नो कब्जामा रहेको समेत जनाएको छ । स्थानीयबासीका अनुसार घाइते माओवादीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको तथा मोर्चाका घाइतेलाई डुंगामा राखेर भारततर्फलगिएको बुझिएको छ । नेपाल-भारत सीमाक्षेत्रमा भएको उक्त भिडन्तको खबर पाएपछि प्रहरी र सेनाको टोली घटनास्थलतर्फगएको छ । क्षतिको पर्ूण्ा विवरण आइसकेको छैन । माओवादीको मधेसी मुक्ति मोर्चाबाट व्रि्रोह गरी अलग्गिएर जनतान्त्रिक तर्राई मुक्ति मोर्चा नामक समूह गठन गरेका जयकृष्ण गोइतले सुरुदेखि नै माओवादीलाई तारो बनाउँदै आएका छन् भने दुइ समूहबीच तर्राईमा पटकपटक भिडन्त हुँदा दर्जन जतिको ज्यान गइसकेको छ । गोइतले दसैँअघि माओवादीसँग युद्धविराम गरेको घोषणा गरेका थिए भने हिजोको आक्रमणबाट युद्धविराम भंग गरेको देखिएको छ । गोइतको समूहले तर्राई छुट्टै राज्य हुनर्पर्ने पृथकतावादी माग राख्दै व्रि्रोह सुरु गरेका भए पनि अहिलेसम्म उनको दुश्मनी राज्यसँग नभई माओवादीसँग देखिएको छ । यसैबीच, माओवादीले नेपाली कांग्रेस -प्रजातान्त्रिक) नवलपरासीका कार्यकर्ता लालकुमार श्रेष्ठलाई बुधबार बिहान महाराजगन्जचोकबाट अपहरण गरेका छन् । गौशालामा व्यवसाय गरी बसेका श्रेष्ठलाई युद्धविराम आचारसंहिताविपरीत अपहरण गरेको र स्थिति अज्ञात रहेको बारे माओवादी नेतृत्वको ध्यानाकर्षा गर्दै सकुशल रिहाइको माग गरिएको छ । माओवादीले अनुसन्धानका नाममा काठमाडौंबाट तारिणी ठाकुर, नारायण श्रेष्ठलगायत चार व्यक्तिलाई नियन्त्रणमा लिएको र उनीहरुलाई छिट्टै पत्रकार सम्मेलनमार्फ् र्सार्वजनिक गरिने माओवादीस्रोतले बताएको छ । माओवादीले राजधानीका चर्चित डन चक्रेमिलनलगायत दर्जनौं डन र तिनका सहयोगीलाई सोधपुछका लागि भन्दै हिरासतमा लिएको बुझिएको छ । माओवादी नियन्त्रणमा परेकाहरुमा दावा लामा, उमेश लामा, तिर्थ लामा, बम लिम्बु, सुरजकुमार चौलागाईं ‘लक्षु’ लगायत छन्






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Page Traffic Counter
Dell Online Coupons
अनलाइन अथितिहरु भ्रमण गर्दै हुनुहुन्छ
Number of online users in last 3 minutes
पाठकहरु अप्रिल १ देखि भिजिट गर्नेहरुको संख्या Free Site Counters
Free Site Counters Click for Kathmandu, Nepal Forecast नेपाली मौसम र तापक्रम